१४ साउन, काठमाण्डौं । बरिष्ठ सञ्चारकर्मी प्रविण गिरीको आज विहान निधन भएको छ । कलेजो क्यान्सरबाट पिडित रहनुभएका गरीको उपचारका क्रममा ओम अस्पतालमा निधन भएको हो । ६१ बषिर्य गिरी एक हप्ताअघि अस्पताल भर्ना हुनु भएको थियो । उहाँलाई आज विहान साढे सात बजे चिकित्सकहरुले मृत घोषित गरेका थिए । नेपाल टेलिभिजनमा समाचार बाचनका लागि बेग्लै पहिचान बनाउनु भएका गिरीले सरकारी सेवाबाट अवकाश पाएपछि विभिन्न निजी सञ्चार माध्यममा समाचार सम्पादन तथा बाचनको काम गर्दै आउनुभएको थियो । उहाँकी श्रीमती दुई छोरा र दुई छोरी छन् ।

Read More http://onlinekhabar.com/2012/07/185945.html