७ असार, प्युठान । प्युठानमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बुटवलबाट रोल्पा जाँदै गरेको मालबाहक ट्रक बिहिबार प्युठानमा दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा फगाम १ रोल्पा निवासी २८ बषिर्य ओम प्रकाश बिष्ट रहेका छन् ।बुटवलबाट रोल्पाको लागि किराना तथा खाद्यान्न सामान लिएर जाँदै गरेको लु १ ख ५२९३ नंम्बरको मालबाहक मिनि ट्रक तिब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Read More http://onlinekhabar.com/2012/06/173865.html