१४ माघ, काठमाण्डौ । नर्वेका वातावरण तथा अन्तर्राष्ट्रिय विकाससम्बन्धी मन्त्री एरिक सोल्हेम आगामी सोमबार नेपाल आउनु हुने भएको छ ।दुईदिने नेपाल बसाईका क्रममा सोल्हेमले प्रधानमन्त्री्सह त राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटमा विकासका मामिलाका साथै जलविद्युतको क्षेत्रमा हुने नर्वेली लगानीबारे विचारविमर्श हुने नर्वेको राजदूतावासले जनाएको छ ।विकाससम्बन्धी मन्त्री सोल्हेम नर्वेली सहयोगमा सञ्चालित परियोजनाको अवलोकन गर्नुका साथै लडाकू शिविरको पनि भ्रमण गर्नु हुनेछ । शान्ति कोषमार्फत नर्वेले शान्ति प्रक्रिया तथा पुनः निर्माणमा सहयोग गर्दै आएको छ ।*

Read More http://onlinekhabar.com/2012/01/124268.html