१४ माघ, काठमाडौं । पेट्रोलियम पदार्थको भएको मूल्यबृद्धि पूर्ण रुपमा फिर्ता हुनु पर्ने माग राख्दै आन्दोलन गरीरहेका विद्यार्थी संगठनले आज सााझ देशभर सिटी जुलुस निकाल्दै छन् ।साँझ ५ बजे राजधानीसहित देशभर सिटी जुलुस निकालिने अनेरास्ववियुका अध्यक्ष माधव ढुंगेलले जानकारी दिनुभयो । त्यसअघि मूल्यबृद्धिको विरोधमा ३ बजे नागरिक समाज लगायतसँग सडक अन्तरक्रिया गर्ने कार्यक्रम छ ।चौतर्फी दबावपछि सरकारले पेट्रोलियम पदार्थको मूल्यबृद्धि आंशिक रुपमा घटाएपनि विद्यार्थी संगठनहरुले बढेको मूल्य पूर्ण रुपमा फिर्ता हुनु पर्ने अडान लिएका छन् ।

Read More http://onlinekhabar.com/2012/01/124247.html